विराटनगर,१५ पुस । नेपाल राष्ट्रिय शिक्षक संगठनको कोशी प्रदेश अधिवेशन सम्पन्न भएको छ । पुस १३ र १४ गते विराटनगरमा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले ताप्लेजुङका महेन्द्रप्रकास गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत ४३ सदस्सीय प्रदेश समिति चयन गरेको अधिवेशनबाट समावेशी उपाध्यक्षमा संखुवासभाका गोविन्दमान तामाङ, महिला उपाध्यक्षमा झापाकी अम्विका खवास बास्तोला र खुल्ला उपाध्यक्षमा खोटाङका कुमार पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा उदयपुरका दिलबहादुर फुयाल निर्वाचित भएका छन् भने उपमहासचिवमा मोरङका हरिप्रसाद धिमाल निर्वाचित भए ।
यस्तै सचिवमा इलामका गंगा तिम्सिना, कोषाध्यक्षमा सुनसरीका प्रभुनारायण चौधरी र सहकोषाध्यक्षमा भोजपुरकी करिष्मा श्रेष्ठ निर्वाचित भएकी छन् ।
अधिवेशनकाे अवसरमा सेवा निवृत्त शिक्षकहरु मोरङका एकराज भट्टराई झापाका हरिचरण बानियाँ,सुनसरीबाट कुन्ता शर्मालाई सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङका उपाध्यक्ष बलराम पोखरेलले जानकारी दिए ।
कार्यवाहक अध्यक्ष दण्डपाणी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेकपा एमाले काेसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा,संगठनका उपाध्यक्ष कमला थापा, महासचिव हंस शाही,पीताकुमार श्रेष्ठ,धर्मानन्द खरेल लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षक महासंघका सबै घटकका मन्त्रित नेताहरुले आतिथ्यता ग्रहण गर्नु भएकाे शिक्षक संगठन मोरङका अध्यक्ष प्रेमप्रसाद भट्टराईले जानकारी दिए । संगठन प्रदेश सचिव रघुनाथ मिश्र कार्यक्रमको संचालन गरेका थिए।


अधिवेशनका तस्बिरहरु :



























