मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आर्य आर्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । प्रतिश्पर्दिहरु सवल रहनाले कार्य सम्पादनमा कठिनाई उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा समय उत्तम रहेको छैन । स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कला कौशलका क्षेत्रबाट प्रशस्त आम्दानि लिन सकिनेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने सम्भावना रहेकोछ । मानसिक चन्चलताका कारण अध्यन अध्यापनमा कठिनाई उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा जुट्ने अवसर प्राप्त हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
कार्य क्षेत्रमा लगाईएको श्रमको उचित कदर हुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुन सक्नेछ । प्रियजन सगँको क्षणिक बियोगको सम्भाबना रहेकोछ । साहित्य संगीतका तर्फ मन रम्नाले एकान्त प्रिय वाताबरणमा मन रम्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक क्षेत्रको यात्राको सम्भावना रहेकोछ । मित्र तथा दाजु भाईहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुनाले कार्यको श्रेय समेत प्राप्त रहनेछ । मान्यजनको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रिय खवरको श्रवणले मन प्रशन्न रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ क्षेत्रको समस्या जटिल बन्नसक्ने सम्भाबना रहेकोछ । खानपानको क्षेत्रमा बिषेश सजग रहनु उत्तम रहनेछ । यात्राका क्रममा सामान्य चोट पटक योग रहेकोछ । मनमा उत्पन्न नकरात्मक सोचका कारण मानसिक तनाब बढ्नेछ । कार्य सम्पादनमा अरुको दबाव सहनु पर्ला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जिवन साथिको साथ सहयोगमा स्थीर क्षेत्रमा गरीएको लागानिको दीर्धकालिन फाईदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायमा खर्चिएको समय उत्तम रहनेछ । बाणीमा मधुरता छाउनाले हर क्षेत्रमा प्रशंसित रहिनेछ । भोज भातेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक कार्य प्रति रुचि बढ्ने योग रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिश्पर्दा जन्य क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको योग रहेकोछ । बिद्यार्थी बर्गहरुको निम्ती उत्तम समय रहेकोछ । सामान्य कार्यका लागी अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेको कार्य परीर्वतनको योग रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजन सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । कामकाजका क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भौतिक श्रोतसाधनको परीचालनमा समय ब्यतित रहनेछ । प्रिय खबरको श्रवणले मन प्रशन्न रहनेछ । कार्य क्षेत्र परीर्वतनको सम्भाबना रहेकोछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित तुल्याउला । शारीरिक स्फुर्ति बढ्नेछ । कार्य क्षेत्रमा भने त्यति समय तथा मन लगाउन नसकिएला । अरुको कार्य त्रुटिको दोषको भागीदार बन्नुपर्नेछ । झन्झट पुर्ण यात्राको सम्भाबना रहेकोछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित हुनेछ । स्वास्थ क्षेत्रमा सामान्य सुधारको अनुभब हुनेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको योग बन्नेछ । सभासम्मेलनमा सरिक रहने अवसर जुट्नेछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहला ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मानसिक चन्चलताका कारण ब्यपार ब्यवसायमा कठिनाई आईपर्न सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहनेछ । सामान्य मान सम्मान प्राप्तीको योग समेत रहेकोछ ।



















