विराटचोक ।  मोरङको  सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग नेपालको विज्ञ टोलीले भेटघाट कार्यक्रम गरेको छ । विज्ञ टोलीले पाँच दिन क्याम्पसमा  छलफल‚ अन्तर्क्रिया‚ प्रश्नोत्तर गर्ने भएको छ ।

पुस २२ गते देखि २६ गतेसम्म विज्ञ टोलीले क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदन समिति‚ क्याम्पस प्रशासन‚  विभागीय प्रमुख‚ शिक्षक‚ विद्यार्थी‚ पूर्वविद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरू सँग बसेर छलफल‚ अन्तर्क्रिया‚ प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहाले जनकारी दिए  । 

6ea67fe6-d062-4596-b996-bccd86305580यसक्रममा टोलीले क्याम्पसका नीति‚ नियम‚ निर्देशिका‚ कार्यक्रम‚ अभिलेख‚ अनुसन्धान क्रियाकलाप‚ पठनपाठन‚ कार्यालय सञ्चालन‚ भौतिक पक्षको अनुगमन र मूल्याङ्कन गर्नेछ । उक्त टोलीमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँको संयोजकत्वमा प्रा.डा. सुशिलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोगको QAA डिभिजन डेपुटि डइरेक्टर भगवती पौडेल सहितका विज्ञहरू रहेको सहायक क्याम्पस प्रमुख दहाले जनकारी गराए ।

आइतबार आएको सो टोलीलाई अपरान्ह  क्याम्पसमा भव्य स्वागत गरिएको थियो । क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदन समिति‚ क्याम्पस प्रशासन‚  विभागीय प्रमुख‚ शिक्षक‚ विद्यार्थी‚ पूर्वविद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरूको उपस्थितिमा भएको स्वागत कार्यक्रम सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा क्याम्पस प्रमुख अर्नुनराज अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । 

क्याम्पसको स्वमूल्याङ्कन समितिका संयोजक नरप्रसाद भण्डारीले पहिलो चक्रमा क्याम्पसले QAA प्राप्त गरेपछि र हालसम्ममा गरेका उपलब्धिहरू सहित पच्चिस वर्षे गुरुयोजनाको खाका प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा टोलीका संयोजक प्रा.डा. खनियाँले पहिलेको तुलनामा क्याम्पसले गुणस्तरमा सुधार गरेकोमा सन्तोष व्यक्त गरेका छन् । 1d18456f-ef1c-4405-9957-925ac8f21be6क्याम्पस सञ्चालक समितिका अध्यक्ष अधिकारीले अनुदान आयोगका नीति‚नियम र मार्गदर्शनबाट आफू प्रभावित भएको भन्दै टीलीले क्याम्पसको गुणस्तर विकासका लागि सहयोग गर्ने अपेक्षा गरेको बताएका छन् । उक्त स्वागत सत्रको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख दहालले गरेका थिए । औपचारीक कार्यक्रमको समापन पछि विज्ञ टोलीले भौतिक पक्ष‚ विभागीय गतिविधि‚ विभागका अभिलेख र पुस्तकालयको एकसरो अध्ययन गरेको थियो ।

भोली सोमबार दिनभरको कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार विद्यार्थीहरू‚ पूर्वविद्यार्थीहरू‚ रोजगारदाताहरू‚ शिक्षकहरू‚ विभागीय प्रमुखहरू र विभिन्न समिति तथा उपसमितिहरू सँग छुट्टाछुट्टै छलफल र अन्तर्क्रिया हुने जानकारी सहायक क्याम्पस प्रमुख दहालले गराएका छन् ।

Untitled-2 6