विराटचोक,२९ पुस । मोरङको  सुन्दरहरैँचा नगरपालिकामा कार्यरत कर्मचारी सिजन श्रेष्ठ कविता प्रतियोगितामा तेस्रो भएका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको युवा कविता प्रतियोगितामा श्रेष्ठ तेस्रो भएका हुन् ।

श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ शीर्षकको कविता तेस्रो भएको हो । ४० वर्षमुनिका कविबीच भएको प्रतियोगितामा रुकुम पश्चिमका उमेश पुन मगर पहिलो र कपिलवस्तुका सुभाष खनाल दोस्रो भएका छन् । दाङका अविरल डीसी, म्याग्दीकी निरुता बुढाथोकी र लमजुङका प्रवीण अधिकारीले प्रोत्साहन पुरस्कार पाएका छन् ।