- ✍️भगवती अर्याल

विराटचोक,६ माघ । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसले बङ्गलादेशको दुई प्राविधिक शैक्षिक संस्थाहरू संग सम्झौता गरेको छ । नेपालको पूर्वि क्षेत्रमा ख्याति आर्जन गर्न सफल भएको सुकुना बहुमुखी क्याम्पसले राजधानी ढाकामा रहेका डाफ्फोडिल पोलिटेक्निक्स तथा इन्जिनियरिङ टेक्नोलोजी संस्था बीच २० जनवरी अर्थात माघ ६ गते सम्झौता गरेको हो ।
एक समारोहमा सहकार्यात्मक अनुसन्धान, सूचना तथा प्रविधि, शिक्षण कौशल र शैक्षिक गुणस्तर का विषयमा अनुभव आदान प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए ।
सम्झौतापत्रमा सुकुना क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारी र डाफ्फोडिल पोलिटेक्निक्स तथा इन्जिनियरिङ टेक्नोलोजी संस्थाको तर्फबाट कार्यकारी निर्देशक के. एम. हसनले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गरेको सहायक क्याम्पस प्रमुख दहालले जानकारी दिए ।
यो पनि पढ्नुहोस- पब्लिक क्याम्पस कर्मचारी संघको काेशी प्रदेश समिति गठन
उक्त सम्झौता आदान प्रदान कार्यक्रममा बङ्गलादेशी संस्थाका प्रोभाइस चान्सलर, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, लेखा समितिका संयोजक चन्द्रप्रसाद फुँयल, पुनरावेदन समितिका संयोजक उमेश वस्ती, सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, क्युएए फोकल पर्सन नरप्रसाद भण्डारी, प्राध्यापक सङ्घका सभापति जनार्दन गुरागाईँ,अधिकृत नवराज कोइराला, पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदी लगायत सञ्चालक समितिका सदस्यहरू, शिक्षक एवम् कर्मचारीहरूको उपस्थिति रहेको भ्रमण टोलीमा रहेका क्याम्पस क्याम्पस सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
यस अघिनै सुकुना क्याम्पसले अन्तर्राष्ट्रिय क्षेत्रमा आसाम डाउन टाउन विश्वविद्यालय गुवाहाटी भारत र बङ्गलादेशको ढाका स्थित युनिभर्सिटी अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस तथा राष्ट्रिय स्तरमा काठमाडौँ विश्वविद्यालय बिच सम्झौता सम्पन्न भइसकेको छ । हालसम्ममा कायाम्पसले अन्तर्राष्ट्रिय क्षेत्रमा ४ वटा शैक्षिक संस्था, राष्ट्रिय स्तरमा १ शैक्षिक संस्था र स्थानीय स्तरमा १ वटा वित्तिय संस्था सँग सहयोग आदान प्रदान गर्ने उद्धेश्यले द्विपक्षीय सम्झौता गरेको सहायक क्याम्पस प्रमुख दहालले बताए ।
बङ्गलादेशको शैक्षिक अवलोकनका लागि सुकुना बहुमुखी क्याम्पसको भ्रमण टोली १६ जनवरी देखि भ्रमणमा रहेको छ ।



















