विराटचोक,१३ माघ । मोरङको बेलबारीमा एक समारोहका बीच बाल गायक प्रज्वल पौडेलको नयाँ गीत 'नेपाली भाका' सार्वजनिक गरिएको छ।

अलङ्कार कला केन्द्र बेलबारीको आयोजनामा सांस्कृतिक भवनको सभाहलमा आयोजित विमोचन समारोहका प्रमुख अतिथि बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी रहेका थिए भने विशिष्ट अतिथि सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष तथा साहित्यकार छवि वैरागी घिमिरे रहेका थिए।

विमोचन समारोहका अतिथिहरू क्रमशः नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे, गायक तथा सङ्गीतकार कृष्णभक्त राई,सङ्गीतकार भीम बस्नेत, वाद्यवादक तथा गायक मेखराज कार्की,महिला नेत्री सीता सुवेदी, पत्रकार नरेन्द्र बस्नेत लगायत रहेको मुकेश पौडेलले जानकारी दिएका छन् ।

a4c1d32c-8a2b-4e7f-96ab-173e911a12e7 (1)कार्यक्रमका प्रमुख अतिथि बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी सहित सम्पूर्ण अतिथिले नयाँ गीतको अडियो / भिडियो प्ले गरेर गीत विमोचन गरिएको थियो। साथै बाल गायक प्रज्वल पौडेलले आफ्नो नयाँ गीत गाएर सुनाएका थिए।

विमोचन समारोहमा साहित्यकार छवि वैरागी घिमिरे , नझरेका फूलहरूका प्रस्तोता,गीतकार तथा सङ्गीतकार केपी घिमिरे, गायक तथा सङ्गीतकार कृष्णभक्त राई,सङ्गीतकार भीम बस्नेत, महिला नेत्री सीता सुवेदी लगायतका वक्ताहरूले  शुभकामना मन्तव्य राखेका थिए। 

बाल गायक प्रज्वल सुवेदीको नयाँ गीतलाई सुप्रसिद्ध गीतकार बुद्धवीर लामाले रचना गरेका हुन् भने सङ्गीतकार कृष्णभक्त राईले सङ्गीत तथा एरेन्ज गरेका हुन्। 

आज विमोचन गरिएको नेपाली भाका बोलको नयाँ गीत गायक पौडेलको 'प्रज्वल पौडेल २०७०' युवट्युव च्यानलमा हेर्न सकिने आयोजक एवम् कार्यक्रमका अध्यक्ष चण्डी सामपाङ राईले जानकारी दिए। 

कार्यक्रममा बेलबारी,सुन्दरहरैँचा सहित पूर्वका विभिन्न ठाउँबाट कला,साहित्य र सङ्गीतप्रेमी उल्लेख्य दर्शक-स्रोताको सहभागिता रहेको थियो।

6223100c-6472-4b14-aec4-13b2518656ec (1)