काठमाडौं– बम बनाउने विस्फोटक पदार्थसहित नेकपा माओवादी केन्द्रका झापा सचिव प्रवीण मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मिश्रलाई इटहरी–१२ खनारबाट पक्राउ गरेको हो। सोमबार पक्राउ गरिएका मिश्रको साथबाट उनको साथबाट डेटोनेटर ७ वटा, बिष्फोटन पदार्थ बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।




















