- भूमिप्रसाद पाठक
पथरी - मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावि साधरण सभामा हुदैछ । फागुन ७ गते हुने चुनावि साधरण सभामा महासचिव पदकालागि पथरीका युवा समाजसेवी तथा व्यवसायी अशोककुमार राईले आफनो उम्मेदवारी दर्ता गरेका छन । उम्मेदवारी दर्ता संगै यतिखेर उनको चर्चा चुलिएको छ ।
होटल ब्यवसायी संघको अध्यक्ष समेत रहेका राईले पथरी उद्योग बाणिज्य संघमा महासचिव पदमा रहि एक कार्यकाल सफल रुपमा पुरा गरिसकेका छन् । बिगतमा आफ्नो कार्यकालमा गरेका उदारणीय कामहरुको प्रभावका कारण उधोगी व्यवसायी साथिहरुले आग्रहपछि पुन महासचिव पदमा उम्मेदवारी दर्ता गरिएको राईले बताए ।
११ औं चुनावी साधरणसभामा धनकुमार तामाङको नेतृत्वमा भएको कार्यकालमा उद्योग बाणिज्य संघको बाणिज्य सचिवमा निर्वाचित भएका राई १४ औं साधरण सभाबाट दिपक बस्नेत अध्यक्षहुदाँ महासचिव पदमा निर्वाचित भएका थिए ।
त्यतिबेला संघको महासचिव पदमा रहंदा इलाका प्रहरी कार्यालय पथरीमा डिएस्पीको कमाण्डमा ल्याउन पहल गरेको र आन्तरिक राजास्व कार्यालयको स्थापना गर्न आफुले महत्वपूर्ण भूमिका खेलेको राई बताउन छन् ।
उद्योग बाणिज्य संघको जग्गा खरिद गरेर भवनको २ तला निर्माणको लागि काम गरेका थिए । आफुलाई संघको महासचिव पद्मा विजयी गराए भवन निर्माण सम्पन्न गरेर आफनै कार्यालयबाट कार्य संचालन गर्ने प्रतिबद्धता जनाए ।
संघको आजिवन सदस्य रहेका राईले संघको भवन निर्माण गर्न २ लाख रुपैयाँ सहयोग गरेको अभिलेख छ । कोभिडको महामारीको बेला साना ब्यापारीहरुलाई बिना धितो र निरब्याजी कर्जा परिचालनको उदाहरणिय काम गरेर प्रशंसा पाएका थिए ।
संघमाफेरी रहेर ब्यापारीहरुको हक,हितको लागि राम्रो काम गर्नका लागि आफुलाई बिजयी गराउन मतदाताहरु संग अनुरोध गरेका छन् । राईले आफुलाई सबै राजनीतिक दलका सथानिय नेता कार्यकर्ताहरुको साथ समर्थन रहने कुरा विश्वास व्यक्त गरे । राईको राम्रो कार्य सम्पादन शैली र राम्रो व्यवहारका कारण निर्वाचित गराउन लागिपर्ने पथरीशनिश्चरेका उधोगी,व्यवसायीहरुको भनाई रहेको छ ।
संघको संचालक समिति र लेखा समितिले उम्मेदवार मनोनयन दर्ताका लागि फागुन ३ गते शुक्रबार कार्यतालिका सार्वजानिक गरेको थियो ।




















