विराटचोक - माेरङकाे सुन्दरहरैँचा नगरपालिका गाेठगाउँ स्थित  नगरमाता महेश्वरा अधिकारीकाे स्मृति ग्रन्थ लाेकार्पण गरिएको छ ।   सुन्दरहरैँचा नगरपालिकाले २०७५ सालमा पहिलोपल्ट स्वर्गीय अधिकारीलाई नगरमाता घाेषणा गरेको थियाे ।

 स्वर्गीय अधिकारीकाे स्मृतिमा लिखित ग्रन्थकाे  नगरप्रमुख केदारप्रसाद गुरागाईंले लाेकार्पण गरेका थिए । उक्त ग्रन्थकाे लाेकार्पण गर्दै नगरप्रमुख गुरागाईले  अहिलेकाे समाजलाई उदाहरणीय कार्य भएको उल्लेख गरि पुस्तक प्रकाशनले त्याे बेलाका भाेगाई अहिलेका पुस्तालाई बुझ्ने र सिक्ने माध्यम भएको बताए । उनले जेष्ठ नागरिकलाई समाजले हेला हाेइन सम्मान गर्नु पर्ने उल्लेख गरे ।

पुस्तकमा अधिकारीकाे बालपनदेखि जीवन भाेगाई, अनुभव समेटिएका लेखहरू रहेकाे नाती खेमचन्द्र अधिकारीले बताए । उनले १ सय १४ वर्षकाे उमेरमा २०७९ सालमा देहावसान भएकी अधिकारीकाे स्मृति ग्रन्थ प्रकाशित गरिएको जानकारी दिए ।