पथरी - मोरङको पथरीशनिश्चरे ०२ मा स्थापित रेडस्टार आवासीय माध्यामिक विद्यालयले २ दिनसम्म विभिन्न कार्यक्रम गरी २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ ।

 वार्षिकोत्सवको पहिलो  र दोस्रो दिन पिजीदेखि कक्षा -१२ सम्मका विद्यार्थीहरूले  सुन्दर गायन , नृत्य , नाटक, जस्ता विभिन्न विधाहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेर अभिभावकहरूको मन जित्न सफल भएका थिए । सोहि क्रममा विभिन्न शैक्षिक तथा खेलकूद प्रतियोगिताहरुमा विजयी छात्र छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो। 

वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन  आइतबार बिहान कक्षा ११ र १२ का छात्र छात्राहरुका लागि ईलाका प्रहरी कार्यालय पथरीको सहयोगमा लागुऔषध दुर्व्यसनी न्युनिकरण तथा झुट वोली अनुसन्धान सम्वन्धी सचेतना मूलक कार्यक्रम संचालन गरिएको थियो। ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले  प्रहरीले झुठ बोलेको थाहा पाउने तरिका र  लागू औषध दुर्व्यसनीका समस्या र बच्ने उपायसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका थिए।

Untitled-3 (3) 28पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले पानसमा बत्ति बालेर उद्घाटन गरेको बार्षिकोत्सव कार्यक्रममा  शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले र शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी, लगायतले रेडस्टार माविले राज्यको शैक्षिक मापदण्ड अनुसार नै  संस्थागत विद्यालयहरु माझ एक अब्बल दर्जा हासिल गर्दै शैक्षिक क्रियाकलापहरूको गरिरहेको र नगरपालिकाकै शिर उच्चो राख्ने गरी काम गरी रहेको बताए ।

सोहि क्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले विद्यालयले वर्षभरि संचालन गरेका विभिन्न शैक्षिक क्रियाकलापहरूको सम्बन्धी कार्य प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।

उक्त अवसरमा विद्यालयका आई एस ए को -ओडिनेटर तथा संस्थापक राजु तिमिल्सिना, वडा नं २,७ र ८ का वडाध्यक्षहरू क्रमशः नैना साम्पाङ राई, उद्धव राज बस्नेत, नवीनजंग कार्की, सामुदायिक विद्यालय महासंघ पथरीशनिश्चरे अध्यक्ष युवराज बास्कोटा, नेपाल शिक्षक महासंघका अध्यक्ष तथा पञ्चायत नमुना माविका प्राचार्य अर्जुन कुमार बुढाथोकी,भाईस प्रिन्सिपल बसन्त मादेन, विद्यालय ब्यवस्थापन समितिका सदस्य विजय डाँगी, किराँत एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, उद्योग वाणिज्य सङ्घका महासचिव अशोक साम्पाङ राई, लर्ड बुद्ध साकोसको अध्यक्ष धनराज राई , व्यवस्थापक गणेश कुमार राई , भागिरथ माविकी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्की, प्रधानाध्यापक जानकी चेम्जोङ , ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठ, ग्रेट ग्रेस स्कुलकी संचालिका गीता लिम्बु श्रेष्ठ, लावण्य इन्टरनेसनलका प्रतिनिधि लगायतका अतिथिहरूको उपस्थिति थियो।

6ec7e54b-ac4e-439b-9f19-4be3f1df7414