विराटचोक - माेरङकाे सुन्दरहरैँचा १० खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेण्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसरमा गरेको रक्तदान कार्यक्रमबाट ५६ प्रिन्ट रगत संकलन भएको छ

रेडक्रस साेसाइटी विराटनगरकाे प्राविधिक सहयोगमा    मंगलबार  विद्यालयमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका हुन् । 

स्कुलले  फागुन १६ देखि  १८ गतेसम्म विभिन्न कार्यक्रम तथा गतिविधि आयाेजना गरी २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ । 

 २९ औं वार्षिकोत्सवको अबसरमा `विद्यार्थीसँग अभिभावक' कार्यक्रम अन्तर्गत म्याराथुन दाैड,  भलिबल , फुटबल ,नृत्य ( मम्मि डान्स ) गायन, तथा चित्रकला लगायतकाे कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल जे.वी थुलुङले बताए । 

 स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले वार्षिकोत्सको अबसरमा अभिभावक तथा विद्यार्थीकाे उत्साहकाे लागि विभिन्न प्रतियाेगिता तथा खेलकुद आयोजना गरिएको र त्यसमा सम्बन्धित सबैकाे सहभागिता  रहने बताए  । यश अबसरमा स्कुलले आयोजना गरेका विभिन्न प्रतियाेगिताका विजेता तथा उपविजेता समूहलाइ  पुरस्कार वितरण गरिने कार्यक्रम छ  ।

कक्षा १२ सम्म पढाइ हुने सिद्धार्थ स्कुलमा कम्प्युटर साइन्स , बिजनेस स्टडी, होटल म्यानेजमेन्ट , ट्राभल एण्ड माउन्टेनेरिङ र  कानुन विषयको पठनपाठन हुने  गरेको छ । पूर्ण मन्टेश्वरी पद्धति अवलम्बन गरेको विद्यालयमा विविध सहशैक्षिक तथा  अतिरिक्त क्रियाकलापहरू सञ्चालित हुने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम ढुङ्गानाले बताइन्  ।  

  सिद्वार्थले गत बर्ष पोखरामा भएको राष्ट्रिय लोकनृत्य  प्रतियोगिताको उपाधि  जितेको थियोे । राष्ट्रिय लोकनृत्य  प्रतियोगिताको उपाधि बिजेता सिद्दार्थ स्कुललाई सुन्दरहरैँचा नगरपालिकाले ३ लाखसहित सम्मानित गरेको थियोे । आइएसओ प्रमाणपत्र प्राप्त गर्न सफल यस विद्यालयमा हाल १६ सय बढी विद्यार्थी अध्यायनरत छन् ।