नयाँ दिल्ली - विश्वको सातौं धनी व्यक्ति र माइक्रोसफ्टका संस्थापक बिल गेट्ससँगै यतिखेर भारतको एउटा शहरमा ठेलामा चियाँको पसल चलाउदै आएका  डली  चाइवाला चर्चामा आएका छन् । विश्वको सातौं धनी व्यक्ति र माइक्रोसफ्टका संस्थापक बिल गेट्स उनको ठेलाको पसलमा चियाँ खान पुगे त्यसपछि उनी चर्चामा छन् ।

उनको पसलमा चियाँ पिएको बिल गेट्सले आफ्नो सोशल मिडिया ह्यान्डलमा भिडियो शेयर गरेपछि उनी भारत मात्र नभई विश्वमा चर्चित भएका  छन् । बिल गेट्सले सोसल मिडिया प्लेटफर्म इन्स्टाग्राममा सेयर गरिएको भिडियोको क्याप्शनमा लेखेका छन्, "भारतमा, तपाईले जताततै नवीनता पाउन सक्नुहुन्छ - साधारण कप चियाको तयारीमा पनि!"

त्यतिबेला डली चाइवालालाई आफूले स्टाइलमा चिया बनाइराखेको व्यक्ति विश्वकै धनी व्यक्ति हो भन्ने पत्तो थिएन । बिल गेट्सले शेयर गरेको भिडियो ट्रेन्डिङ हुन थालेपछि उनले यो जानकारी भोलिपल्ट पाएका थिए । एएनआईलाई दिएको अन्तर्वार्तामा डली चाइवालाले भनिन्, ‘मलाई लाग्यो कि उनीहरु विदेशबाट आएकाले उनीहरुलाई चिया खुवाउनु पर्छ, त्यसैले मैले उनीहरुलाई चिया पिउन दिएँ । भोलिपल्ट नागपुर आउँदा मैले कसलाई चिया खुवाएँ भन्ने थाहा पाएँ।"

सञ्चारकर्मीले डलीलाई कसलाई चिया खुवाउनुहुन्छ भनी सोध्दा डलीले भनिन्, ‘अब प्रधानमन्त्री मोदी यहाँ आए भने म उहाँलाई चिया खुवाउन चाहन्छु ।

को हुन् डली चियावाला ?

नागपुरको सदर क्षेत्रको पुरानो भिसिए स्टेडियम नजिकै रहेको सडक छेउमा रहेको चिया पसल डोली चाइवालाले चिया बनाउने अनौठो कलाका कारण इन्टरनेटमा प्रसिद्धि पाएका छन् । तर, डलीको वास्तविक नाम भने अझै खुल्न सकेको छैन । डली चाइवालाको भिडियो इन्टरनेटमा भाइरल भएको छ, लाखौंले हेरेका छन् । डलीले आफ्नो फरक शैलीमा चिया बनाउँदै गर्दा धेरै भिडियो अपलोड गरेका छन् , जसले मानिसको ध्यान तानेको छ ।

चिया मात्र नभई डली चाइवालाको चुरोट तान्ने तरिकाले ग्राहकलाई धेरै गुदगुदी गर्छ र त्यसैले उनको स्टल चिया प्रेमीहरुको घुइँचो लाग्ने गर्छ । उनले साउथ फिल्म हेरेपछि चिया पसलमा स्टाइलमा काम गर्ने सोच आएको बताए । एजेन्सी