लेटाङ - मोरङको लेटाङ–१ मा रहेको श्री कुइकुण्डा आधारभुत विद्यालयले आफ्नो ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ ।

वि.स. २०४० सालमा स्थापित विद्यालयले बिहीबार ४० औं वार्षिक उत्सब सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयकी प्राध्यानाध्यापक गौरीमाया मगरले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो बार्षिकोत्सव  कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावकहरुका विभिन्न साँस्कृतिक प्रस्तुतीबाट मनोरन्जन दिएका थिए  ।

 कार्यक्रममा  विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग गरेका मेनोनाईट सेन्ट्रल कमिटि नेपाल, पहाडी ग्रामिण बिकास सस्था(हर्डन) र विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धन बहादुर लिम्बुलाई सम्मान गरिएको थियो ।

 कार्यक्रममा भलिबल, तातो आलु, चिठ्ठा तान्ने र हाडीफोर आदि प्रतियोगिता संचालन गरिएको थियो । विद्यालयले वर्षभरी सम्पन्न गरेका अत्तिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई हर्डनको सहयोगमा पुरस्कृत गरेको थियो ।

कार्यक्रममा लेटाङ नगरपालिका वडा नंं. १ का वडा अध्यक्ष विष्णु कुमार मगरले प्रमुख अतिथि थिए ।  उनले  विद्यालयले शैक्षिक गुणस्तर सुधार्दै गएकोमा खुशी व्यक्त गर्दै विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिद्धता व्यक्त गरे। विद्यार्थी, शिक्षक, अभिभावक बिच अन्र्तक्रिया भईरहनुपर्ने बताउँदै उनले स्थानीय सरकारले त्यसका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका शिक्षा,यूवा तथा खेलकुद शाखा प्रमुख कृष्णराज राईले बिद्यालयलाई नमुना र उत्कृष्ट बनाउने प्रमुख दायित्व शिक्षक र बिद्यालय ब्यबस्थापन समितिको रहेको बताए  ।   

कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. १ की वडा सदस्य गीता वली, श्री साग्मा माविका प्राध्यानाध्यापक डिल्ली प्रसाद अधिकारी, समाजसेवी किरण मगर, पहाडी ग्रामिण विकास संस्था (हर्डन) का कार्यक्रम संयोजक सुरेश अधिकारी लगायतको पनि उपस्थिति थियो । 

  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर मगरको अध्यक्षतामा भएको बार्षिकोत्सवको कार्यक्रम सन्चालन शिक्षक राम बहादुर रावतले गरेका थिए  ।