विराटचोक — नेकपा एमाले निकट अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीले सडक सचेतना र दुर्घटना न्यूनीकरण सम्बन्धिको अभियानसुरु गरेको छ । अभियान अन्तर्गत पहिलो दिन सुन्दरहरैँचा नगरपालिका अन्तर्गत पर्ने महेन्द्र राजमार्गमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको छ ।
शुक्रबार बिहान देखि विराटचोक ,हरैँचामोड,नगरपालिका अगाडि,क्याम्पसको जाने मूल गेट र सुकुना स्कूल अगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण कार्य गरिएको अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटी अध्यक्ष योगेश दाहालले जानकारी दिए ।उक्त जेब्रा क्रसिङको अन्य आवश्यक ठाउँहरूमा पनि गरिने अध्यक्ष दाहालले बताए ।
उक्त जेब्रा क्रसिङ निर्माण कार्यमा इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय विराटचोकको सहयोग रहेको सचिव रेमन बाबु श्रेष्ठले जानकारी दिए ।सडक यात्रा एबम बाटो काट्न सहज बनाउने र दुर्घटना न्युनिकरण गराउने उद्धेश्यले जेब्रा क्रसिङ निर्माण गरिएको अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पसका नेता नवराज दाहालले बताए ।
उक्त अभियानमा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य एवं पुर्व राज्यमन्त्री राजकुमार ओझा,अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगको सचिव मिलन घिमिरे,अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरे,पार्टी सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल सुकुना बहुमुखी क्याम्पस स्ववियु सचिव एलिश ओझा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य मनोज लामा कार्की लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।























