आज शनिवार  भगवान शनिको दिन हो । यस दिन शनिदेवको विशेष तरिकाले पूजा गर्नाले व्यक्तिको सम्पूर्ण कष्ट हरू हट्छ । साथै जुन व्यक्तिमाथि शनिको साडे सती चलिरहेको हुन्छ, त्यो पनि समाप्त हुन्छ । शनिदोषबाट छुटकारा पाउनका लागि मूला नक्षत्रयुक्त शनिबारदेखि शुरु हुने सात शनिबार शनिदेवको पूजाआराधनासँगै व्रत बस्नुपर्छ भन्ने मान्यता छ ।

शनिदेवको विधिअनुसार पूजा र व्रत गर्नाले शनिदेवको आशीर्वाद प्राप्त हुन्छ र सबै दु:खको अन्त्य हुन्छ । अर्कोतर्फ शनिदेव रिसाए भने मानिसमा अनेक प्रकारका संकट आउँछन् । यस्तोअवस्थामा शनिबारका दिन केही कुरामा विशेष ध्यान दिनुपर्छ, आउनुहोस् जानिराखौं–

– व्रतका लागि बिहान उठेर नुहाउनुपर्छ । त्यसपछि हनुमान जी र शनिदेवको पूजा गर्दा पीपलको रुखमा तिल, लौंगजल चढाउनुपर्छ ।

– शनिबारको दिन गरिब लाई कालो लुगा र कालो वस्तु दान गर्नु पर्दछ । कालो लुगा शनिदेवको प्रिय हो ।

– शनिदेवको पूजागर्दा तामाका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । किनभने तामा सूर्यको धातु हो र शनिदेवसँग सूर्य छ      जससँग उनको शत्रुता छ ।

– शनिको पूजामा कुनै पनि रातो चीज चढाउनु हुँदैन । चाहे त्यो रातो कपडा होस , रातो फल हो या रातो फूल। यसको    कारण के हो भने रातो रङ र यससँग 

    सम्बन्धित कुराहरू मंगलग्रहसँग सम्बन्धित छन् । मंगल ग्रहलाई शनिको शत्रु पनि मानिन्छ ।

–  शनिबार शनिदेवलाई कालो तिल र कालोदाल चढाउनुहोस्।

– शनिदेवको पूजामा यो पनि ध्यान राख्नुहोस् कि पूजा गर्ने व्यक्ति अशुद्ध अवस्थामा हुनु हुँदैन अर्थात् पूजा गर्दा     सरसफाइमा ध्यान दिनुपर्छ ।