बिर्तामोड — राष्ट्रिय  युवा संघ नेपाल भद्रपुरले विपन्न परिवारलाई घर निर्माणगरिदिएको छ । अत्यन्तै कष्टकर जीवन विताईरहेको परिवारलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीका अध्यक्ष दिपक बुढाथोकीको अगुवाईमा घर निर्माण गरेर हस्तान्तरण गरिएको हो ।

भद्रपुर–५ गौरीशंकर टोलमा युवा संघले  दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धा रणबहादुर साँवा र राजकुमारी साँवालाई घर निर्माण गरी हस्तान्तरण गरेको  युवा संघले जनाएको छ ।

432372604_2432062586981439_1756786849523320050_nराष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले सावाँ परिवारलाई गृह प्रवेश गराउँदै घर हस्तान्तरण गरेका छन्  । स्थानीय दाताले दिएको १० धुर जग्गामा दुई वटा कोठा, शौचालय, खानेपानी र विद्युतको व्यवस्थापन गरेर घर हस्तान्तरण गरिएको भद्रपुर नगर कमिटी अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

  विभिन्न दाताहरुको साथ सहयोग पाइने भएपछि साँवा दम्पत्तिको जमिनमै बस्न सक्ने गरी घर निर्माण गरी हस्तान्तरण गरिएको उनले बताए । 

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रीय सचिव भण्डारीले आवास हस्तान्तरण गर्दै आगामी दिनहरुमा पनि यस प्रकारका सामाजिक काम गर्दै अघि बढ्ने बताए  । समाज रुपमान्तरणमा राष्ट्रिय युवा संघको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले साँवा दम्पत्तिको सपनाको घर निर्माण गर्न सफल भएकोमा सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

432453061_2432054433648921_3048894745349529479_nआवास हस्तान्तरणमा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य बसन्त बाँनिया, जिल्लाका उपसचिव असारु राजवंशी, भद्रपुरका अध्यक्ष ब्रम्हलाल ढुङगाना, संघका कोशी प्रदेश सभा सदस्य छवि चुडाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज राज लिम्बू, जिल्ला संयोजक फूर्वा लामा लगायत पार्टीका नेता कार्यकर्ता तथा  जनप्रतिनिधिहरुको सहभागिता थियो ।

दाताहरुको समेत सहयोगमा बरण्डासहित दुई वटा कोठाको घर निर्माणमा युवा संघले श्रमदान गरेको थियो । घर निर्माणका लागि दैनिक १० जनाभन्दा बढी युवाहरुले  श्रमदान गरेका थिए  ।

432420272_2432054336982264_4433296620307850596_n