पथरी संवाददाता - पथरीशनिश्चरेमा चैत्र अन्तिम साता 'सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०' हुने भएको छ। 

फ्रेण्डसीप चेस क्लबको आयोजनामा २०८० चैत्र २७ देखि ३० गतेसम्म बुद्धिचाल प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु बद्रिलाल नेपाली, भूपेन्द्र निरौला, नवीन तन्डुकार, रुपेश जैसवाल, पुरुशाेतम चौलागाई लगायतका १ सय ५० खेलाडीहरु सहभागी  हुने  शनिबार गरिएको पत्रकार सम्मेलनमा आयोजक फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राईले जानकारी दिए ।

 प्रथम हुने खेलाडीलाई रु. ५१ हजार नगर, दोस्रोलाई ३५ हजार, तेस्रोलाई २५ हजार गर्दै उत्कृष्ट १५ जना (टप फिष्टिन)  र विधागत १८ गरेर जम्मा ३३ जनालाई नगद, प्रमाणपत्र, ट्रफी र मेडलहरु प्रदान गरिने आयोजक समितिका सचिव लोकसागर साम्बाले बताए। 

IMG-20240323-WA0004

पुरस्कार नगद राशी मात्र ३ लाख ३६ हजार रकम खर्च हुने उपाध्यक्ष रोहित सुब्बाले बताए। प्रतियोगितामा ७ लाख बढी खर्च हुने आयोजकले जनाएका छन् ।

वर्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताले बुद्धिचाल खेलको प्रबर्धन, पथरीशनिश्चरे नगरमा खेलाडी उत्पादन र क्षमता विकास गर्दै आएको आयोजक समितिका अर्का उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए । पथरीशनिश्चरेमा हुने बुद्धिचाल खेल देशकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भएको आयोजकको दाबी छ । प्रतियोगितामा उत्कृष्ट १५ (टप फिष्टिन) जना, विधागत रुपमा प्रदेश, जिल्ला, नगर टप, नगरका विद्यार्थी, महिला, उदीयमान, भ्याटेन फरक क्षमता भएका, अनुशासित  लगायत १८ जनालाई नगरसहितको पुरस्कार राखिएको छ ।

चैत्र, २७ देखि ४  दिनसम्म चल्ने प्रतियोगिता स्वीस लिगको नियम अनुसार ९ राउण्ड खेलाइने आरवीटरसमेत रहेका फ्रेन्डसीप चेस क्लबका कोषाध्यक्ष डम्बर बाछना राईले बताए। मोरङको पथरीशनिश्चरे नगरपालिमा हुने प्रतियोगिता देशमै स्थापित भइसकेको दाबी गर्दै आयोजकले सहयोगी व्यापारी, उद्योगी, पेशाकमी, बुद्धिजिवी, शिक्षक, सञ्चारकर्मी लगायत सम्पूर्णलाई अनुरोध गरेका छन् ।