इलाम– इलाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  इलामको  सूर्याेदय नगरपालिका–१२, मलिममा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते ५६ वर्षीया स्थानीय मनकुमारी प्रधानको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलामको प्रहरीका अनुसार उनको झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । मे.१ ह ४६८९ नम्बरको अटो गियर चेन्ज गर्ने क्रममा अचानक न्युट्रलमा गइ अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीको भनाइ छ ।

अटो चालक स्थानीय अनिश राईलाई नियन्त्रमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।