चितवन — चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा  स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङ र उनकी श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर रहेका छन् ।

चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चट्याङले घर घर जलेर नष्ट भएको छ । 

प्रहरीका अनुसार सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  छ ।

छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार जारी छ । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

  • चट्याङ्ग परेका बेला घरबाहिर भए र घरभित्र भए के के कुरामा ध्यान दिने ?

हेर्नुहोस भिडियो संदेश