पथरी - मोरङ पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता अन्तर्गत  शनिबार भएका दुई ओटा खेलमा वडा नम्वर १ र ७ ले १-१ अंक जोडेका छन् भने वडा नम्बर ले ३ अंक जोड्दै  आगामी यात्रा तय गरेका हुन्।

 पथरीशनिश्चरे वडा नम्वर -२ द्वारा पञ्चायत माविको खेल मैदानमा आयोजित प्रतियोगिताको शनिबारको खेलमा वडा नं १ र ७ ले बराबरी अंक जोडेका छन् ।

वडा नम्बर ०१ र ०७ का भेट्रान फुटबल टिमहरूले निर्धारित समय अवधिमा कुनै पनि गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको थियो। ति दुवै टिमले १/१ अंक प्राप्त गरेका छन्।

त्यस्तै, शनिबार नै सम्पन्न भएको दोस्रो खेलमा वडा नं ०५ वडा नम्वर १० विरुद्ध ३-२ को अन्तरले पराजित गर्दै विजयी भएको छ।

वडा नं ०५ का जर्सी नम्बर ३ का अम्मर चौधरीले खेल सुरु भएको ३ मिनेटमै  गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए। त्यसको प्रतिउत्तर दिदैं वडा नम्वर १० को जर्सी नं ६ का युगल राईले पुर्वार्धकै २० औं मिनेटमा जवाफी गोल फर्काएका थिए। त्यसको लगतै २२ औं मिनेटमा वडा नं ०५ का जर्सी नं ७ का याम कुमार बेघाले प्रहार गरेको बलले नेट चुम्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाए।  १ मिनेट नबित्दै वडा नम्वर १० का जर्सी नं १२ का राज कुमार तामाङले २३ औं मिनेटमा गोल फर्काएर  बराबरीमा पुर्याएका थिए। 

 दर्शक दिर्घाबाट निक्कै रोमाञ्चक र  प्रतिस्पर्धात्मक देखिएको सो खेलमा वडा नं -५ का याम कुमार बेघाले पुनः अर्को गोल गरेर आफ्नो टिमको विजय सुनिश्चित गरेका थिए। आजको खेलबाट वडा नम्वर ५ ले ३ अंक जोडेको छ।

सो लिग फुटबल प्रतियोगिताको अर्को खेल आगामी चैत २३ शुक्रबार  वडा नं ४ र ६ बिच पहिलो खेल हुनेछ भने  दोस्रो खेल वडा ३  र  ८ बिच हुनेछ । यो लिगको फाईनल खेल भने आगामी बैशाख -२२ गते सम्पन्न हुने आयोजकले जनाएको छ।