एजेन्सी -पाकिस्तानमा केटासँग भिडियो कलमा कुरा गरेको निहुँमा दाजुले बहिनीको हत्या गरेका छन् । केटासँग भिडियो कलमा कुरा गरेको देखेर रिसाएका दाजुले सिरानीले थिचेर बहिनीको हत्या गरेका हुन् ।
चकित हुने कुरा के छ भने हत्या गरिरहेको बेला बालिकाका बुवा पनि उपस्थित थिए र उनी चुपचाप छोरीको मृत्युको रमिता बनेका थिए । अर्का भाइले भने यो घटना फोनमा रेकर्ड गरिरहेका थिए ।
घटना पञ्जाब प्रान्तको टोबा टेक सिंहको हो। यो सम्पूर्ण घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्पष्ट देख्न सकिन्छ कि कसरी मोहम्मद फैसल नामका दाइले आफ्नो बहिनीको मुखमा शिरानीले थिचेर हत्या गरिरदा बुबा अब्दुल सत्तार एउटै खाटमा चुपचाप बसेर छोरीको मृत्यु हेरिरहेका थिए । जबकि अर्का भाइ शाहबाजले भिडियो बनाइरहेका थिए । न बाबुले छोरीलाई बचाउने प्रयास गरे न त भिडियो बनाउने भाइलाई बहिनीप्रति दया लाग्यो । दुवैको आँखा अगाडि छोरीको हत्या भयो ।
यो हत्यापछि न बाबुको अनुहारमा कुनै उदासी थियो न दाजुको अनुहारमा कुनै दया थियो । हत्या गरेपछि उनी चुपचाप बस्छन् । यो घटनामा बालिकाकी आमा पनि कोठामा उपस्थित रहेको बताइएको छ । जानकारीका अनुसार युवती एक केटासँग भिडियो कल मार्फत कुरा गरिरहेकी बारेमा उनको परिवारले थाहा पाएको थियो । जसका कारण परिवार निकै रिसाएको थियो । त्यसपछि परिवारले छोरीको निर्ममतापूर्वक हत्या गरेका थिए । यो घटना शनिबार भएको हो ।
यो भिडियो सार्वजनिक भएपछि हलचल मच्चिएको थियो । परिवारप्रति जनताले ठुलो आक्रोश देखाएका छन् । प्रहरीले यसअघि नै सबै अभियुक्तलाई पक्राउ गरिसकेको छ । भिडियोमा शाहबाजले बहिनीको मृत्यु भइसके छ र अब त्यहाँबाट उठ्नुपर्छ भनी भनेको सुनिएको छ । तर यसपछि पनि फैसलले करिब २ मिनेटसम्म बहिनीको घाँटी समातिरहे । त्यसपछि जब फैसलले बहिनीलाई मारेर बसेपछि बुबाले उनलाई पानी पिउन लगाउँछन्।
प्रहरी अधिकारी अताउल्लाहका अनुसार २४ मार्चमा प्रहरीले बालिकाको अप्राकृतिक कारणले मृत्यु भएको थाहा पाएको थियो । त्यसपछि प्रहरीले बाबु सत्तार र हत्यारा फैसललाई पक्राउ गरेको थियो । गत शनिबार भिडियो बनाउने शाहबाज पनि पक्राउ परेका थिए भने हत्याका बेला कोठामा उपस्थित उनकी श्रीमती पनि भिडियोमा देखिएकी थिइन् ।




















