विराटचोक —  विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकाशानन्द सुन्दरहचारैँको विराटचोक आउने भएका छन् । विकाशानन्द फाउन्डेसन सुन्दरहरैँचाको निमन्त्रणामा यहि चैत २७ गते उनी आउने भएका हुन् ।

सुन्दरहरैंचा ९ मा रहेको इन्द्रपुर जेसिजको मंगल स्मृति हलमा विकाशानन्दले ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने बाताइएको छ । 

एक दिवसीय हुने उक्त कार्यक्रममा गहनतम वैज्ञानिक, आध्यात्मिक, कलात्मिक अनुसन्धानात्मक ज्ञानबाट प्रयोगात्मक रुपमा लाभ उठाई जीवन परिवर्तन गर्न कोशी प्रदेशका पूर्व सांसद लोकप्रसाद संग्रौलाले सभागी हुन समेत अनुरोध गरेका छन् ।

  • यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक

फाउन्डेसन सुन्दरहरैंचाकी संयोजक शान्ता लुइँटेलले मानव समाज अस्त व्यस्त जीवन शैलि, प्रतिस्पर्धात्मक दौडधुप, सस्तो र सर्वसुलभ सुचना प्रविधि, छिटो र सजिलो तयारी खाना, आरामदायी उठबस आदीका कारणले उत्पन्न मनो सामाजिक समस्या, आर्थिक, सांस्कृतिक परिवन्ध जसका कारणले निम्त्याएको मानव जगतमा ठूलो क्षतिको न्यूनिकरण गर्न र समस्याको समाधान नभई कारण पत्ता लगाउन सहज हुने बताइन । 

उनले  योग, ध्यान, साधना, मन्त्र एवं हिप्नोसीस, डेमो, आध्यात्मिक सरिक भई आफू परिवार र समाजको कल्याण गर्ने हेतुले कार्यक्रमको शोभा बढाइदिनु अनुरोध पनि गरेकी छन   । 

दिउँसो १२ देखि ५ बजे सम्म उक्त योग, ध्यान, ज्ञानको शिविर संचालन हुने छ  ।