विराटचोक —  सुन्दरहरैँचा उद्योग वाणिज्य संघको नयाँ कार्य समितिमा सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन्  । 

सुन्दरहरैँचा उद्योग बाणिज्य संघको साधारणसभाबाट  नारायण कार्कीको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति चयन भएको हो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकाल, प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन), उद्योग उपाध्यक्ष नगेन्द्रप्रसाद दाहाल, वाणिज्य उपाध्यक्ष उज्वल थापा अन्तराष्ट्रिय उपाध्यक्ष डिल्लीप्रसाद ढकाल र महासचिव हरि कार्की चयन भएका छन । त्यसैगरी उपमहासचिवमा रामकृष्ण खड्का उद्योग सचिवमा शारदाप्रसाद ढकाल, वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव), एसोसिएट सचिवमा मनोज गुरागाई र कोषाध्यक्षमा कृष्णप्रसाद ओझा चयन भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा माधव शिवा, मोहन पोख्रेल, नवराज खरेल, गोपाल फुयाल ,टिकाबहादुर कडेल, प्रदिप मास्के चयन भएका छन् । महिला सदस्यहरुमा यसोदा चापागाईं ,अनिता अधिकारी र पदमा भट्टराई चयन भएका छन् । सदस्यमा खुद्रा व्यवसायी संघबाट कृष्णप्रसाद पराजुली,  होटल तथा पर्यटन संघबाट आकाश दुलाल, सुनचाँदी व्यवसायी संघबाट सुजाता पौडेल निर्वाचित भएका छन् । 

 लेखा समितिमा रुद्र थापा संयोजक र धरणीधर दाहाल तथा कृष्णप्रसाद आचार्य चयन भएका छन् ।

  सबै पदमा एकल उम्मेदवारी  परेकाले  सर्वसम्मत पदाधिकारी चयन भएको  निर्वाचन समितीका संयोजक रामप्रसाद गजूरेलले जानकारी दिए ।  अध्यक्षमा  निर्वाचित  कार्कीले  ब्यापार व्यवसायमा देखिएको समस्याको  सावधानका लागि पहल गर्ने युवाहरूलाई स्वरोजगार बनाउने , भाडा बृद्वि दरलाइ रोक्ने एवम्  आर्थिक तनाव न्यून गर्ने खालका कार्यक्रम  सञ्चालन गर्ने लगायतका  योजना रहेको बताएका छन ।

यो भिडियो पनि हेर्नुहोस 

कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक