विराटचोक — माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित विराटचाेक बजारमा रहेको दाजुभाइ कलेक्शनकाे जुत्ता चप्पल गाेदाममा आगलागी भएको छ । गएराति भएको आगलागीबाट पसलको गाेदामका जुत्ता चप्पल जलेर नष्ट भएको छ ।
आगलागीबाट करीब १० लाख बराबरको क्षतिभएकाे पसलका सञ्चालक राम ढकालले जानकारी दिए । समयमै घटना थाहा पाएर थप क्षति हुनबाट जाेगिएकाे छ भने आगलागीकाे धुवाँले अन्य पसलमा समेत सामान्य क्षति पुगेकाे छ ।
राति अन्दाजी ११/१२ बजेकाे समयमा बाटो हिड्ने ब्यक्तिले धुवाँ देखेपछि हाेहल्ला गरेर स्थानीयलाई जानकारी दिएका थिए ।त्यसपछि प्रहरी, दमकल र स्थानीयले आगाे नियन्त्रणमा लिएका थिए ।
विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
- १५ वर्षे वालकले बनाएको इलेक्ट्रिक बाइकको भिडियो पनि हेर्नुहोस !!




















