सिधुवा — तेह्रथुमको बसन्तपुर स्थित तीनजुरेमा रहेको पाथीभरा मन्दिर लगायत वरिपरि सरसफाइ गरिएको छ । धनकुटाको सिधुवाबाट गएका सचेत छथर जोरपाटी युवा समुहले मन्दिर परिसर लगायत वरिपरि सरसफाइ गरेका हुन्  ।

आउदो नयाँ वर्ष २०८१ मा मन्दिर आउने तिर्थालुहरुलाई लक्षित गरिएको  सरसफाइ गरिएको स्थानिय युवा खेमराज सुब्बा योङहाङ्गले जानकारी दिए । 

420350045_2924691961028006_530860007814774051_nसरसफाइ अभियानले तिर्थालुहरुलाई यस क्षेत्र गुराँस नटिपि दिन आफुले ल्याएका बस्तुहरु निश्चिति ठाँउमा फाली सहयोग गरीदिन अनुरोध पनि गरेको छ ।  छथर जोरपाटी युवा समुहले मन्दिर परिसरका स्थानिय लालिगुराँस  युवा समुहलाई आउने दिनहरुमा यसैगरि सक्रिय भइ आफ्नो 'गाउँ आफै बनाउ 'भन्ने अभियान चलाउन  सुझाव पनि दिएको छ ।

सरसफाइ अभियानमा खेमराज सुब्बा योङहाङ्ग,कृष्ण सिजाली मगर, सुशील श्रेष्ठ,मोहन श्रेष्ठ, किरण खुलाल,मनोज मगर चेत  भण्डारी,दिपक मगर साथै धरान का १ सक्रिय युवाको सहभागिता रहेको थियो  । उक्त मन्दिरको सरसफाइमा जुटेका सहयोगीहरुलाई छथर जोरपाटी १ युवा व्यवसायी बलदीप राईले खाजापानीको व्यवस्था गरेका थिए  । 

434640876_2924691891028013_3970476065946313850_n