विराटचोक —सुन्दरहरैँचा क्षेत्रमा रहेका निरौला बन्धुहरुको  भेलाले तुलसीप्रसाद निरौलाको अध्यक्षतामा निरौला बन्धु सेवा समाजको १५ सदस्यीय नगर कार्यसमिति गठन  गरेको छ।  

चैत २२ गते शुक्रबार विराटचोकमा भएको भेलाले नगर कार्यसमिति गठन गरेको हो।  गठित समितिको उपाध्यक्षमा पवित्रा निरौला ,सचिवमा भीमप्रसाद निरौला र कोषाध्यक्षमा रामचन्द्र निरौला चयन भएका छन्।  त्यसैगरी सदस्यहरुमा सुर ज निरौला, ध्रुव निरौला, रुद्रप्रसाद निरौला, शुसिला निरौला, ऋषिकेश निरौला, खेम प्रसाद निरौला र इश्वरमणी निरौला चयन भएका छन्। केही सदस्यहरु थप गरी समितिलाई पछि पूर्णता दिने निर्णय भएको नवनिर्वाचित अध्यक्ष तुलसीप्रसाद निरौलाले बताए ,

भेलाले जयप्रकाश निरौलाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। सल्लाहकार समितिमा अशोक निरौला, बाबुराम निरौला र अम्बिका निरौला (भण्डारी) लाइ चयन गरिएको छ।  

भेलाले बन्धु एकता, हकहित, समन्बय र सरसहयोग लागि निरौला बन्धु सेवा समाजमा आवद्ध हुन सबै बन्धुहरुलाई  अपील गरेको छ ।