इटहरी — सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयले नयाँविद्यार्थीहरुको लागि लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

विद्यालयले कक्षा २ देखि कक्षा ९ सम्म नयाँ भर्नाका लागि जम्मा २ सय ४० जनाको कोटा निर्धारण गरेकोमा १ हजार ३ सय ९० जनाले आवेदन दिएपछि विद्यालयले प्रवेश परीक्षा (इन्ट्रान्स) लिएको हो । अघिल्ला वर्षहरुमा पनि विद्यालयले यसरी नै विद्यार्थी भर्ना लिने गरेको  छ ।

प्रवेश परीक्षामा सहभागी भएका थिए।आवेदन फारम भरी प्रवेश परीक्षा दिएका मध्ये सेक्टर १ मा कक्षा २ देखि ५ सम्म ५६ जना विद्यार्थी छनौट भएका छन्।  जसमा कक्षा २ मा १५ जना पास भएका छन् भने ५ जना बैकल्पिकमा नाम निकाल्न सफल भएका छन्।  कक्षा ३ मा दशजना पास र पाँचजना बैकल्पिक भएका छन्।

त्यसैगरी सेक्टर १ कै कक्षा ४ मा ९ जना, कक्षा ५ मा ९ जना र कक्षा ६ मा २ जना पास भएको विद्यालयले जानकारी दिएको छ ।  त्यसैगरी सेक्टर २ तर्फ प्रवेश परीक्षामा कक्षा ४ का लागि ४१ जना, पास र एकजना विचाराधीनको सूचीमा परेका  छन् । त्यस्तै कक्षा ५ का लागि ४० जना, कक्षा ६ का लागि  ४३ जना, कक्षा ७ का लागि ४० जना, कक्षा ८ का लागि  ४१ जना र कक्षा ९ का लागि ८० जना विद्यार्थीले प्रवेश परीक्षा पास गरी पढाईका लागि छनौट भएका छन् ।

प्रवेश परीक्षामा सहभागी भएका १ हजार ३ सय ९० जनामध्ये सेक्टर १ का लागि ५६ जना र सेक्टर २ का लागि २ सय ८५ जना गरी कूल ३ सय ४१ जना विद्यार्थी मात्रै  प्रवेश परीक्षामा पास भएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष काशीनाथ दङ्गालले बताए ।

  सामुदायिक विद्यालयको गतिलो उदाहरण बन्दै जनता

पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयका लागि उक्त विद्यालय पछिल्लो समय जनता मावि गतिलो उदाहरण नै बन्न सफल भएको छ । 

 योग्यता र क्षमतावान शिक्षक-शिक्षिका, भौतिक पुर्वाधारसँगै शिक्षणको गुणस्तरमा व्यापक सुधार र राम्रो शैक्षिक गुणस्तरका कारण निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको  जनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको छ।

कक्षाकोठालाई स्मार्ट बनाउनेदेखि अङ्ग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरिकै उत्कृष्ट शिक्षकहरू नियुक्त गर्ने क्रम सुरु गरिएपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको अध्यक्ष दङ्गाल बताउँछन्  ।

 महंगो निजी स्कुलमा भन्दा राम्रो पढाई हुने यस विद्यालयलाइ गत वर्ष प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालय घोषणा गरेको थियो  ।

FB_IMG_1712803674449FB_IMG_1712803666714FB_IMG_1712803641349FB_IMG_1712803647350FB_IMG_1712803611061FB_IMG_1712803619967