पथरी —  मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज बैशाख १ गते सम्पन्न भएका दुई ओटा खेलमा वडा नम्वर - १ र १० विजयी भएका छन्। निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको सो प्रतियोगितामा वडा नं ०१  सात अंक सहित पोल ए तर्फ शिर्ष स्थानमा उक्लिएको हो भने वडा नं ८ तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा पुगेको हो।

निर्धारित समयको १६ औं मिनेटमा वडा नं -१ का सानु राजा तामाङले साथीले दिएको पासलाई  सुन्दर गोलमा परिणत गरेका थिए।

वडा नं -१ निवासी पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका संयोजक दिपक राईले समेत वडा नम्बर ०१ को टिममा आवद्ध रही खेल कौशल पस्किदा खेलप्रेमी दर्शकहरूको मनग्ये ताली र हौसला बटुल्नु भएको थियो।

आजको खेलमा वडा नम्बर -१ का गोल किपर अर्जुन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। उनलाई वडा सदस्य चन्द्र कुमार राईले मेडल सहित पुरस्कृत गरेका  थिए।

Untitled-2 (1) 39त्यस्तै, आजै सम्पन्न अर्को खेलमा वडा नम्बर ६ को फुटबल टिम प्रतियोगितामा सहभागी हुन नआएपछि विपक्षी टिमको गोल पोष्टमा वडा नं -१० खेलाडीहरूले खेलाउँदै लगेर खाली पोष्टमा गोल प्रहार गरेका थिए।  यो गोलसँगै वडा नं १० तीन खेलबाट ३ अंकसहित चौथो पोजिसन रहेको छ। 

उता, आफ्नो पोलमा वडा नम्बर -६को अहिलेसम्म  अंक शून्य रहेको पथरी शनिश्चरे वडा नम्बर ०२ का वडाध्यक्ष तथा खेल संयोजक नैना साम्पाङ राईले जानकारी दिए।

नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, नगरप्रवक्ता समेत रहनु भएका वडा नम्बर -८ का वडाध्यक्ष नवीनजंग कार्की, वडा नम्बर -१ का वडाध्यक्ष भीम कुमार राई, पञ्चायत माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलानाथ घिमिरे ,अम्बिका लिम्बु, सीता भुसाल, लगायतको उपस्थिति रहेको थियो।