इलाम — सुहाङलाई जिताउन इलाममा आज नेकपा एमालेले आमसभाको आयोजना गरेको छ । पार्टीकी जिल्ला इन्चार्ज शिवमाया तुम्बाहाम्फेका अनुसार दिउसो १२ बजे देउमाइको मंगलबारेमा आमसभा आयोजना गरिएको छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओली,उपाध्यक्ष रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इन्चार्ज तुम्बाहाम्फेका अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष मिङसु,नेकपा विप्लव समुहका इन्चार्ज लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको तुम्बाहाम्फेले बताइन ।
गत भदौ २६ गते यस क्षेत्रका साँसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । सो निर्वाचनमा एमाले,माओवादी,विप्लव,परिवार दलका तर्फबाट सुहाङ नेम्वाङ मैदानमा छन् ।
वामनेताहरु सँगै आमसभामा परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि सम्बोधन गर्ने कुरा बुझिएको छ ।


















