एजेन्सी —कुनै समय थियो किसानहरूले अन्न खेतीलाई धेरै फाइदाको कारोवार मान्ने गर्दथे । खेतीपाती गर्न धेरै मिहिनेत र कम नाफा पान्छ भन्ने थियो, तर अहिले समय बदलिएको छ, विगत एक दशकदेखि विदेशका कृषकहरुले केही नौलो खेति गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।
विशेष गरी,किसानहरूले गहुँ, चना, धान, दाल लगायतका महत्वपूर्ण बालीहरु लगाउने गरेको बुझिन्छ । तर, त्यस्तो होइन, खेतीपाती एउटा यस्तो व्यवसाय हो जसमा विभिन्न प्रकारका बाली लगाउन सकिन्छ। हामी यस्तो बालीको बारेमा जानकारी गराइरहेका छौं जसलाई न त धेरै पानी चाहिन्छ न उर्वर जमिन नै ।
यो खेती हो जोजोबा । जोजोबाको फलको मूल्य नेपाली मुल्य प्रतिकिलो ८ सय रुपैयाँ रहेको बताइएको छ । त्यसैगरी यसको बिरुवाको मूल्य २५ देखि ४० रुपैयाँ मात्रै छ । तर, जोजोबाको फलबाट निकालिएको तेल प्रतिलिटर १२ हजार सम्ममा बिक्री हुन्छ । अझ विशेष के छ भने यो बिरुवाले जरा गाडेपछि १ सय देखि २ सय वर्षसम्म फल फलाउँछ।
जोजोबा एउटा झुप्रो वा सानो रूख हो जसको धेरै डाँठहरू हुन्छन जुन सुख्खा ठाउँहरूमा बढ्छ। यो ८ देखि १९ फिटसम्म अग्लो हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि जोजोबा खेती गर्न धेरै संघर्ष गर्नुपर्दैन। तातो र सुख्खा हावापानीमा सजिलै खेती गर्न सकिन्छ । जोजोबा बिरुवा थोरै सिंचाई संग सजिलै बढ्छ। बलौटे माटोमा जोजोबा बिरुवा उब्जाउन सजिलो हुन्छ, यसमा कुनै मल हाल्नु पर्दैन। सुख्खा क्षेत्रका लागि जोजोबा खेती अमृत जस्तै हो ।
जोजोबा मूलत कस्मेटिक सामग्री र छाला रोग संग सम्बन्धित औषधि बनाउन प्रयोग गरिन्छ। जोजोबाको फलबाट निकालिएको तेलमा मोम एस्टरहरू पाइन्छ, जुन छालाको मोइस्चराइजर, बडी लोशन, स्याम्पु र कपालको तेल आदिमा प्रयोग गरिन्छ।
संसारमा जोजोबाको माग धेरै छ, त्यसैले यो बालीको मूल्य पनि राम्रो छ। २० किलो जोजोबाको फल (बीउ)बाट १० किलो तेल निकाल्न सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि जोजोबा एक पटक रोपेपछि एक शताब्दीसम्म फल फल्छ।
जोजोबा खेतीको इतिहास अमेरिकाको एरिजोना, क्यालिफोर्निया, मेक्सिको र मोजावे मरुभूमिसँग जोडिएको छ। तर, भारतमा जोजोबा मुख्यतया राजस्थानको सुख्खा क्षेत्रमा खेती गरिन्छ। तर, पञ्जाब, हरियाणा, ओडिशालगायतका अन्य राज्यमा जोजोबा खेती गरेर सजिलै पैसा कमाउन सकिने कृषि विज्ञहरू बताउँछन् ।
— यो समाचार किसानलाई जानकारी दिन भारतिय मिडियाबाट साभार गरिएको हो !!



















