एजेन्सी — भारतमा एक शिक्षकको कुटपिटबाट छात्रालाई क्यान्सर भएको समाचार आएको छ । शिक्षकको कुटपिटबाट घाइते भएकी सथोपुर निवासी सन्तोष पासवानकी छोरी सन्ध्या कुमारीलाई क्यान्सर भएको हो ।
कक्षा ९ मा अध्यनरत सन्ध्या कुमारीलाई गत सेप्टेम्बर ४ मा शिक्षक सुजित कुमारले लैगिजको सट्टा स्कर्ट लगाएर विद्यालय आएको भन्दै कुटपिट गरेको बताइएको छ । शिक्षक सुजित कुमारले अमानविय ढंगले घुँडामा लाठी प्रहार गर्दा उनी बेहोस भएकी थिइन् ।
कुटपिटबाट घुँडामा लागेको चोट बिस्तारै क्यान्सरमा परिणत भई पटनाको निजी क्लिनिकमा उपचार भइरहेको बुवा सन्तोषले बताए । तर,आरोपित शिक्षकले सामान्य डर देखाउन एकदुई लाठी कुटेको स्वीकार गरेका छन्।
सन्ध्याका बुवा सन्तोषले शिक्षकलाई कारबाही गर्न महानगरपालिका आयुक्त सँग आग्रह गरेका छन् । महानगरपालिकाका आयुक्तले शिक्षकमाथि छानबिन गर्न प्रतिवेदन तयार पारिसकेको जानकारी दिएका छन ।





















