विराटनगर — मोरङको रंगेली नगरपालिका ९ स्थित बनकोलमा बसोवास गर्दे आएका पवन ऋषिदेवले छोरीको विवाहमा दाईजोको रुपमा सिटिसफारी दिएर उदाहरणीय कार्य गरेका छन् ।
रंगेली ९ बनकोल का पवन ऋषिदेवले आफ्नी छोरी कन्चन कुमारी ऋषिदेव को विवाह बिराटनगर ४ निवासी खार्जी बस्ने सुनिल कुमार ऋषिदेव संग ६ गते धुमधामका साथ गरिदिएका छन् ।सो परिवारले दाईजोमा बेहुला पक्षले मोटरसाईकलको माग गरेपनि पवनका परिवारले दाईजोमा सिटिसफारी दिएका हुन ।
मंण्डल,साह,यादव,पासवान, ऋषिदेव लगायत अन्य समुदायमा रहेका छोरीहरुको विवाह निकै खर्च गर्नुपर्ने चलन छ । आर्थिक नभएकै कारण उक्त समुदायका छोरीहरुको अहिलेसम्म पनि विवाह हुन सकेको छैन ।
छोरी को विवाह गर्नका लागी बेहुला लाई दाईजोको रुपमा १० वर्ष अगाडि साईकल दिने चलन थियोे । तर केही वर्ष यता देखि बेहुलाले दाईजो को रुपमा छोरीपक्षको आर्थिक अवस्था को कुनै ख्याल नै नगरि मोटरसाईकल माग गर्ने चलन दिन प्रतिदिन बड्दै गएको छ।




















