पथरी -मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता अन्तर्गत आज  शनिबार सम्पन्न भएकाे  दोस्रो खेलमा वडा नम्वर  -१ ले वडा नम्बर -३ विरूद्ध दुई गोल गर्दै  सेमीफाइनलको यात्रा तय गरेको छ ।

आज शनिबार  वडा नम्बर -२ द्वारा पञ्चायत माविको खेल मैदानमा आयोजित प्रतियोगितामा नम्वर  ०१ ले वडा नम्बर ०३ लाई  दुई गोल गर्दै कुल १० अंकसहित सेमीफाइनलको यात्रा तय गरेको हो।

खेलको निर्धारित समयभित्र वडा नम्बर -३ ले निक्कै दवाव दिएको सो सनसनीपूर्ण प्रतिस्पर्धामा वडा नं १ को तर्फबाट मैदानमा उत्रिएका पुर्व राष्ट्रिय खेलाडी दिपक राईको पासलाई सानु राजा ग्लासले सुन्दर गोलमा परिणत गरेका थिए। उता, वडा नं ३ ले दोस्रो हाफमा एक गोल हेड मार्फत सुन्दर गोल गरेको थियो।

आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर -१ का तर्फबाट मैदानमा खेलेका पुर्व राष्ट्रिय खेलाडी दिपक राई घोषित भए। उनलाई वडा नम्बर ०२ का बडा अध्यक्ष समेत रहनु भएका खेल आयोजक नैना साम्पाङ राईले मेडल लगाएर पुरस्कृत गरेका थिए।

यसैगरी, आजै सम्पन्न पहिलो खेलमा वडा नम्बर ६ का खेलाडीहरू उपस्थिति नभए पछि वडा नम्बर ०५ का खेलाडीहरूहरूले खेलमैदानको सेन्टरबाट पास गर्दै लगेर विपक्षी टिमको गोलपोष्टमा प्रहार गरेका थिए।  यो खेलबाट वडा नं- ५ ले ३ अंक थपेको छ। 

 आगामी बैशाख -१४ शुक्रबार पोल ए तर्फको पहिलो खेल वडा नम्बर- ८  र  वडा नम्बर -७  हुनेछ भने पोल बि  तर्फबाट दोस्रो खेल वडा नं१० र वडा नं ०४ बिच भिडन्त हुने आयोजकले जनाएको छ।

उक्त अवसरमा  सिड्लिङ मन्टेश्वरी स्कूलकी प्रिन्सिपल विन्दु चेम्जोङ राई,   वडा सदस्यहरू चन्द्रकुमार राई खिलराज घिमिरे सहित खेलप्रेमी महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।