विराटचोक — मोरङको सुन्दरहरैँचा -१२ स्थित विराटचोकमा रहेको स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
फिटनेस सेन्टरकै प्राङ्गणमा शुक्रबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार शाखाको प्राविधिक सहयोग रहेको थियो।
फिटनेस सेन्टरले हरेक वर्ष आफ्नो वार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर मनाउँदै आएको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी ललितबहादुर श्रेष्ठ, साहित्यकार पुरन राई, नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे, विशाल पौडेल रहेका थिए।
त्यसैगरी सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा, खगेन्द्र रिजाल, बलु विष्ट, शिखरबास अनलाइनका पत्रकार खेमचन्द्र अधिकारी, पूर्वी अनलाइनका पत्रकार कृष्णचन्द्र सुवेदी लगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी महानुभावहरुको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्वका शहरहरू विराटनगर,धरान,इटहरी, उर्लाबारी, पथरी, बेलबारी, केराबारी,खोर्साने त्यसैगरी लालभित्ती,सलकपुर, विराटचोक लगायतका स्थानमा सञ्चालित जिम सञ्चालकहरूलाई निमन्त्रणा गरि रक्तदान समारोहका साथै मायाको चिनो साटासाट गर्दै केक समेत काटेर वार्षिकोत्सव मनाइएको स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक तथा कार्यक्रमका सभापति दीपक गुरुङले बताए।
फिटनेस सेन्टरका सञ्चालक तथा युवा व्यवसायी दीपक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सञ्चालन सुन्दरहरैँचा सञ्चार क्लबका अध्यक्ष केपी घिमिरेले गरेका थिए।





















