विराटचोक — मोरङको बेलबारी–१० माटिगाँउ निवासी सरस्वती धिमालले नाचेरै गिनिज बुक अफ वल्ड रेर्कडमा आफ्नो नाम दर्ता गराएकी छिन् ।
एक दशकदेखि नृत्य विद्यामा सक्रिय धिमालले ५,२७८ मिटर अर्थात १७,३१६ फिट माथि नृत्य कोरीयोग्राफी गरी गिनिज बुक अफ वल्ड रेर्कड राख्न सफल भएकी हुन् । बुवा राजु धिमाल र आमा गंगा माया धिमालको कोखबाट बेलबारीको माटिगाउँमा जन्मिएकी सरस्वती ठमाण्डौको गोकर्ण मा बस्दै आएकी छिन्। उनले विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम समेत भएकी छिन् । उनी नेपालकै ठूलो डान्सिङ रियलिटि शो डान्सिङ स्टार नेपालको च्यामपियन समेत हुन् ।




















