विराटचोक - मोरङको सुन्दरहररैँचा-१० मा रहेको सुकुना माविमा एक दम्पतीले अक्षयकोष स्थापना गरेका छन् । सुन्दरहरैँचा-१० नमस्ते टोल निवासी सूर्यबहादुर वन र उमाकुमारी वनले आज मातातीर्थ औसीका अवसर परेर एक लाख एक हजार एक सय ११ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन् ।

 कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू मध्ये आमा - बुबा  नभएका अनाथ  विद्यार्थीहरूलाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले  छात्रवृत्ति अक्षयकाेषको  स्थापना गरेको सूर्यबहादुर वनले बताएका छन् । अक्षयकोष वापतको रकम विद्यालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । अक्षयकोष स्थापना गर्ने वन दम्पतीलाई विद्यालयले धन्यवाद दिनुका साथै अक्षयकोषको सदुपयोग गर्ने  विश्वास दिलाएको छ । 

देश कै नमुना विद्यालयको रुपमा स्थापित सुकुना माविमा कक्षा १ देखि १२ कक्षा सम्म पढाई हुने गरेको छ । नेपालका ठूला विद्यालयहरूको सूचीमध्ये १२ औं स्थानमा उक्त विद्यालय पर्न सफल भएको छ ।

Untitled-3 (6) 2