विराटचोक - मोरङको सुन्दरहररैँचा-१० मा रहेको द राईजिङ्ग इंग्लिस बोर्डिङ स्कुलले कक्षा -१२ का विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरेको छ । बुधबार कक्षा -१२ को परिक्षा समापन भए संगै आफ्ना विद्यालयमा अध्यन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

विद्यालयमा एक कार्यक्रम गरी व्यवस्थापन विषयका २५ जना विद्यार्थीहरुलाई बिदाई गरेको विद्यालयका भाइस प्रिन्सिपल पर्शुराम गुरागाईंले जानकारी दिए । विद्यार्थीहरुलाई बिदाई कार्यक्रम संगै प्लानेट लंजमा खाना खुवाउने व्यवस्था गरिएको भाइस प्रिन्सिपल गुरागाईंले बताए । उक्त कार्यक्रममा १२ कक्षापछिको उच्च शिक्षा हासिल गर्न र उज्वल भविश्यको कामना सहित बिदाई गरिएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रिन्सिपल गोपाल पाठकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमलाई भाइस प्रिन्सिपल पर्शुराम गुरागाईंले संचालन गरेका थिए ।

व्यवस्थापन र होटल म्यानेजमेन्ट विषयमा पढाई हुदैँ आएको उक्त विद्यालयमा यो वर्षदेखि व्यवस्थापन विषयका अप्सनमा रहेका कानुन, कम्प्युटर साइन्स,लगायत सबै विषयमा पढाई सुरु गरिने विद्यालयले जनाएको छ ।

Untitled-4 (2) 2

Untitled-4 (3)