इटहरी । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न  राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् । 

 सभामुखले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित  प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् । 

नेपाली कांग्रेसको अवरोधका कारण सरकारले ल्याउने भनिएको नीति तथा कार्यक्रम अन्योलमा परेको छ ।