काठमाडौँ । ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् । बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि ओमानका कप्तान इल्यासले बधाइ दिएका हुन् ।
लामिछाने निर्दोष रहेको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा सन्दीप र नेपाल राष्ट्रको लागि शुभ दिन भएको उनले टिप्पणी गरेका छन् । ‘कठिन समय पनि बितेर गयो, तर कठिन मानिसहरू… यो दिन हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो’ कप्तान इल्यासले लेखेका छन् ‘आगामी दिनहरूका लागि शुभकामना ।’




















