काठमाडाैं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई गरेका सबै फाेहाेर आफूले सफा गर्नुपर्छ भन्ने नरहेकाे बताएका छन ।आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै गृहमन्त्री लामिछानेले सहकारी ठगी काण्डमा आफू संलग्न नरहेकाे बताए । 'जिबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन'- उनले भने ।
सुर्यदर्शन सहकारीबारे पाेखरा महानगरकाे प्रतिवेदनमा शंकास्पद ऋणी भनेर आफ्नाे नाम भ्रामक रुपमा राखिएकाे गृहमन्त्री लामिछानेले बताए । टिभीमा हुँदा, राजनीतिमा हुँदा, लाेकतन्त्रमा लाेकतानन्त्रिक दलकाे सबैकाे ताराे भएकाे उनले बताए ।
सहकारी ठगी फाैजदारी कसुर भएकाे भन्दै गृहमन्त्री लामिछानेले फाैजदारी बाहेक अरु कुराकाे छानबिन गर्ने बताए । काम गर्न आएकाे रास्वपामाथि राजनीति गरिएकाे उनले बताए ।
लामिछानेले आफ्नो टाउकोमाथि धेरै तरबार राखिएको पनि बताए । मेरो टाउकोमा धेरै तरबार राखिएका छन्, उनले भने, ‘तर म डराएको छैन, म डराउँदिन ।’



















