एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चार माध्यमले सो हेलिकोप्टरको हार्ड ल्याण्डिङ भएको र खोजी कार्य जारी रहेको बताएको अलजजिराले जनाएको छ ।

आइतबार अजरबैजानको जोल्फा प्रान्त नजिकै दुर्घटनामा परेको जनाइएको छ । रइसीको अवस्थाबारे केही जानकारीहरू प्राप्त भएका छैनन् । रइसी एक दिनअघि छिमेकी अजरबैजानमा राष्ट्रपति इलहम अलिएभसँगै बाँधको उद्घाटन गर्न गएका थिए । यो विषयमा थप विवरणहरू आइसकेका छैनन् ।

विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियान र प्रान्तका लागि इरानी सर्वोच्च नेताका प्रतिनिधि अयातुल्लाह मोहम्मद अली अले–हाशेम राइसीसँगै एउटै हेलिकप्टरमा रहेको जनाइएको छ । ऊर्जामन्त्री अली अकबर मेहराबियान र आवास तथा यातायात मन्त्री मेहरदाद बजरपाश अन्य हेलिकप्टरमा सकुशल फर्किएका थिए ।