• निरन प्रसाई / प्रदिप भट्टराई 

विराटचोक —  मोरङको सुन्दरहरैँचामा महिलाहरुलाई नौमती बाजा अर्थात पञ्चै बाजा बजाउन सिकाउने सम्बन्धी तालिम सम्पन्न भएको छ  ।  आमकास नेपाल मोरङको आयोजना तथा सुन्दरहरैँचा नगरपालिका -१२ को सहयोगमा भएको १५ दिने तालिम आज सम्पन्न भएको हो ।

बैशाख २० गते देखि सुरु भएको तालिममा ९ जना माहिलाहरुको सहभागिता रहेको आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेढाईले जानकारी दिइन । विदेशमा श्रम गरेर फर्किएका महिलाहरुलाई लक्षित गरी तालिम दिन सुरु गरिएको  अध्यक्ष सेढाईले बताइन । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको अध्यक्ष सेडाईको भनाइ रहेको छ ।

त्यस्तै कार्यक्रममा वडा -१२ का वडाअध्यक्ष तथा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले महिलाहरुलाई शशक्तिकरण स्वरोजगार बनाउने उदेश्यले यस कार्यक्रम संचालन गरिएको बताए । 

WhatsApp Image 2024-05-20 at 18.11.49_87fbb45eयस्तै तालिममा सहभागीहरुले यो तालिम महिलाहरुलाई जागरुक र आत्मनिर्भर बनाउन सिकाएको बताएका छन् ।कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै तालिममा सहभागीहरुले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताए  । तालिममा बीरबहादुर बर्देवाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख अतिथि र १२ न. वडाका वडाध्यक्ष रोशनप्रसाद ढकाल विशिष्ट आतिथि रहेका  थिए ।

 त्यसैगरी अतिथिहरुमा सामाजिक विकास शाखा अधिकृत अनिल पोखरेल,नगर कार्यपालिका सदस्य रुजा घिमिरे  १२ न. वडाका वडा सदस्यहरुनिलम थापा,दिलिप दाहाललगायतको आतिथ्यता रहेकोथियो । कार्यक्रममा अतिथिहरुलाई सस्थाकी सह-सचिव -मिना बजगाई, भागिरथा चुडाल र राधिका खतिवडा, रिता चौधरी, हिमा निरौला लगायतले स्वागत तथा सम्मान गरेका थिए ।

आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेढाईको अध्यक्षतामा सम्पन्न भएको तालिममा सस्थाकी उपाध्यक्ष राधिका खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने  सचिव ईन्दिरा प्रसाईले संचालन गरेकी थिइन् । 

तालिम समापनको औपचारीक कार्यक्रम सुरुहुनु अघि तालिमबाट दक्षता हासिल गरेका सहभागी महिलाहरुले सुन्दरहरैँचा नगरपालिकाको कार्यालय परिसरमा आफ्नो कला प्रस्तुत गरेका थिए । उनीहरुले बाजा बजाउदै मेयर केदारप्रसाद गुरागाईं संगै नाचेपछि रमाइलो वातारण बनेको थियो । मेयर गुरागाईंले पनि उनीहरुलाई हौसला प्रदान गरेका थिए । 


WhatsApp Image 2024-05-20 at 18.11.50_616e5fd8