काठमाडौं - नेपालमा आजदेखि जलवायु परिवर्तन बारे सम्मेलन सुरु  भएको छ । नेपालले अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तन को समस्याका बारेमा आवाज उठाउदै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपालजस्ता विकासोन्मुख मुलुकको जलवायु अनुकुल विकासको सम्भावनामा गम्भीर प्रतिकूल असर पर्ने चेतावनी दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण हुने विपद्, खाद्य सुरक्षा संकट र खानेपानीको अभाव बढ्न सक्ने चेतावनी दिए ।

राष्ट्रिय सम्मेलनले नेपालले प्रस्तुत गर्ने पोजिसन पेपरमा साझा दृष्टिकोण राख्ने लक्ष्य लिएको हो । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने उद्देश्यले काठमाडौँमा  बुधबारदेखि सुरु भएको  ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रम सुरु भएको छ । 

नेपालले जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६०औँ सत्रमा आफ्नो निष्कर्षलाई जोड्ने र त्यसपछि आगामी COP-२९ एजेन्डामा प्रवेश गरी एजेन्डालाई संस्थागत गर्ने योजना बनाएको छ।