कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।  न्यायाधीश चुरामन खड्काको एकल इजलासले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

धनुषा अदालतको पक्राउ पुर्जी अनुसार मंगलबार प्रहरीले सिरोहियालाई पक्राउ गरेर जनकपुरधाम पुर्‍याइएको थियो। त्यसपछि प्रहरीले बुधबार बिहान प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो । अदालतमा उपस्थित गराउँदा प्रहरीले अनुसन्धानका लागि पाँचदिनको समय मागेको थियो, अदालतले तीनदिनको मात्रै समय दिएको छ।