ताप्लेजुङ – ताप्लेजुङमा बिश्वकर्मा युवा संगठन जिल्ला कार्य समिति गठन भएको छ । शुक्रबार फुङ्लिङमा एक कार्यक्रमकाबीच सन्जिप रसाईलीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरीएको हो । 

समितिको उपाध्यक्षद्वयमा बिक्रम लाम्गादे, हिमा बराईली, सचिवमा सन्जोक बिक, सहसचिवमा जीवन कालिकोटे (बिक) र कोषाध्यक्षमा सागर बिश्वकर्मा चयन भएका छन् ।

जिल्लामा रहेका सम्पूर्ण बिश्वकर्मा युवाबीचमा एकतासँगै अन्य दलित तथा पछाडी परेका समुदाय वर्गको हित तथा निस्वार्थ सेवा गर्ने उद्देश्यका साथ उक्त समिति गठन नवनिर्वाचित अध्यक्ष रसाईलीले बताए  । 

फुङ्लिङ नगरपालिकाका कार्यपालिका सदस्य गंगाराम शंखरको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।