विराटचोक — भारतको राजस्थानको बान्द्राबाट एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ ऋण लिएका एक युवकले बैंक एजेन्टको हत्या गरेका छन् । उनले बैंकको न न त व्याज तिरे न कुनै साव तर पैसा उठाउन आएको कर्मचारीको हत्या गरे ।
किस्ता नतिरेको भन्दै बारम्बार माग गर्दै आएका उनलाई कुटपिट गर्दा मित्यु भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले सदर थाना क्षेत्रबाट असिन मेघवाल, हरिराम मेघवाल, हेमराज मेघवाललाई पक्राउ गरेको छ भने फरार दुई आरोपी राकेश मेघवाल र भूपेन्द्र मेघवालको खोजी गरिरहेको छ । उनीहरुले २१ मे मा २८ वर्षीय बैक कर्मचारी बुद्धप्रकाश मालीको हत्या गरेका थिए ।
प्रहरीका अनुसार बुद्धप्रकाश फाइनान्स कम्पनीमा रिकभरी एजेन्टको रुपमा काम गर्थे । राकेश मेघवालले केही समयअघि आफ्नो कम्पनीबाट ऋण लिएका थिए । तर राकेशले ऋणको किस्ता तिरेका थिएनन् । बुद्धप्रकाशले राकेशलाई लगातार किस्ताका लागि फोन गर्थे । यसले राकेशलाई रिस उठ्यो । राकेश आफ्ना साथीहरूसँग रक्सी पिइरहेका थिए । यसैबीच बुद्धप्रकाशको फोन आयो । राकेश र बुद्धप्रकाशबीच झगडा भयो ।
ऋण तिर्न बोलाएर हत्या गरे
ऋणको रकम दिने नाममा राकेशले उनलाई रक्सी दोकान नजिक बोलाए । त्यहाँ सबैले मिलेर बुद्धप्रकाशलाई कुटपिट गरेपछि घाँटी काटेर शव खेतमा फालेका थिए । यससँगै बुद्धप्रकाशबाट करिब ४० हजार असुली रकम पनि लुटिएको छ । यो हत्या प्रकरण अहिले पर्दाफास भएको छ । राकेश अझै फरार छन् । उनका सहयोगी पक्राउ परेका छन् । एजेन्सी




















