इटहरी ।  गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका छन्। 

उनले गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्। 

उनले भनेका छन्, ‘अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम्‌सेवकका रुपमा उहाँहरुको  साटो सडकमा सघाउनुहुनेछ।’