पथरी जेसीजले एक दिने क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम संचालन गरेको छ।मंगलबार  पथरी शनिश्चरे -६ , शान्ति चोकस्थित शिव पञ्चायन मन्दिरको सभाहलमा  ग्रामीण महिलाहरुलाई  क्यान्सर सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रमको संचालन गरिएको हो ।

संविधान सभाका सभासद लालबहादुर 'सुस्लिल' मगरको प्रमुख आतिथ्यता तथा जेसीआई सिनेटर तथा वर्ष २०२४ का अध्यक्ष राजकुमार विश्वकर्माको  अध्यक्षतामा कार्यक्रम भएको थियो।

विगत ४ महिनादेखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको पथरी जेसीजले यो मे महिनामा क्यान्सर सम्बन्धी सचेतना फैलाउने उदेश्यका साथ कार्यक्रम संचालन गरेको पथरी जेसीजका अध्यक्ष तथा जेसीआई सिनेटर राजकुमार विश्वकर्माले गाउँघरमा महिला दिदी बहिनीहरूले वर्षौंदेखि भोग्दै आइरहनुभएको क्यान्सर सम्बन्धी समस्याबाट छुटकारा दिलाउन सो कार्यक्रम गरिएको  प्रष्ट पारे ।

 विराट मेडिकल कलेजकी क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले  सहजीकरण गर्नुभएको थियो भने सय बढी महिला दिदी बहिनीहरूले आ- आफुले भोगेको स्तन, पाठेघर, फोक्सो, लगायतका विभिन्न स्वास्थ्य समस्याहरूबारे  जिज्ञासा राखेकी थिइन ।

जेसी तिर्थराज अधिकारीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण बहादुर बस्नेत , शिव पञ्चायन मन्दिरकी संचालक समिति अध्यक्ष पुनम खतिवडा, कुशल चोक अस्थायी प्रहरी पोष्टका  सहायक हवल्दार राम कुमार राई, विराट मेडिकल कलेजका मार्केटिङ म्यानेजर अपिल राई, पथरी बहुमुखी क्याम्पसका स्ववियु सचिव भुसाल खतिवडा , लगायतको उपस्थिति रहेको थियो।