भनिन्छ बुढेसकालमा शारीरिक सम्बन्धको चाहना हराएर जान्छ । शारीरिक सम्बन्ध मानवीय आवश्यकता हो तर, जब यो लतको रुपमा परिणत हुन्छ जीवनमा समस्या आउन सक्छ । भारतको गुजरातमा यस्तै एउटा घटना बाहिर आएको छ, जुन कुरा सुनेर सबै छक्क परेका छन् ।
यहाँ एक ८९ वर्षीय पुरुषको शारीरिक सम्बन्धको मागले उनकी ८७ वर्षीया श्रीमतीलाई यति विचलित बनायो कि उनलाई हेल्पलाइन नम्बरमा फोन गर्न बाध्य बनायो । जब वृद्धाले गुजरातको १८१ अभयम हेल्पलाइनमा आफ्नो समस्या सुनाइन्, तब सबै छक्क परेका छन् ।
ती महिलाले हेल्पलाइनमा फोन गरेर आफ्नो ८९ वर्षीय हाइपरसेक्सुअल पतिबाट छुटकारा पाउन चाहेको बताइन् किनभने यो बुढ्यौली उमेरमा पनि उनले बारम्बार शारीरिक सम्बन्धको माग गरिरहँदा र श्रीमती बिरामी भएकाले उनको इच्छा पूरा गर्न नसक्ने बताएकी थिइन् ।
हेल्पलाइनका अनुसार यी वृद्ध दम्पती वर्षौंदेखि सँगै बस्दै आएका छन् तर अहिले श्रीमतीको अवस्था ठिक छैन । उनी यति बिरामी छिन् कि उनी ओछ्यानबाट उठ्न पनि सक्दैनन्। यस्तो अवस्थामा छोरा र बुहारीको सहारामा उनी मुस्किलले हिँडडुल गर्न सक्ने अवस्थामा छन् । तर पनि श्रीमानले उनलाई शारीरिक सम्बन्ध राख्न दबाब दिइरहेका छन् ।
श्रीमानले आफ्नो इच्छा पूरा नभएपछि श्रीमतीलाई चिच्याए र झगडा गरे । वृद्ध श्रीमान् पेसाले इन्जिनियर भएका र अवकाशपछि घरमै बस्छन् । उनको यो बानीले उनको परिवार पनि चिन्तित छ ।
वृद्धा श्रीमतीको गुनासोपछि अभयम हेल्पलाइनका अधिकारीहरु उनको घर पुगेर वृद्ध श्रीपतिलाई सम्झाउने प्रयास गरेका थिए । अधिकारीहरूले वृद्धलाई सल्लाह दिए र उनलाई वरिष्ठ क्लबमा सामेल हुन भने। यसबाहेक वृद्ध श्रीमान्लाई यौनविज्ञानीकहाँ लैजान पनि सुझाव दिइएको छ । एजेन्सी




















