इटहरी स्थित सिबि सगरमाथा कलेजले आफ्ना नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको छ । यसै शैक्षिक सत्रदेखि विभिन्न विषयमा कक्षा ११ मा भर्ना हुने १ सय भन्दा बढी बिद्यार्थीहरुलाइ अभिमुखिकरण गरेको हो ।

आइतबार धनकुटाको कानजिरुवा होटलमा  भएको अभिमुखिकरण कार्यक्रममा सिबि सगरमाथा कलेजले पैसाको लागी मात्र हैन सामाजिक भुमिका पनि निर्बाह गर्ने र कोहि गरिबका छोराछोरी खर्च नभएर पढ्ने अवस्वर बाट बन्चित छ भने देखाइ दिनुस त्यस्ता विद्यार्थीहरुलाइ निशुल्क पढाइदिने कार्यक्रममा प्राचार्य सागर भट्टराईले बताए ।

IMG_20190721_221323

त्यसैगरी सिबि सगरमाथाका प्रमुख शैक्षिक सल्लाहकार डा.दिबाकार रेग्मीले शैक्षिक परामर्श सहित अभिमुखी गरे । कार्यक्रममा लिटल फ्लावर्स बोर्डिङ स्कुलका प्रीसिपल राजकुमार सापकोटा ,डिभिएम बोर्डिङका प्रीन्सिपल बेणु सिटौला , सरस्वती स्कुलका शिक्षक लेखनाथ भट्टराई लगायतले सुभकामना मन्तव्य राखेका थिए । त्यस्तै स्वागत मन्तव्य शिक्षक कृष्ण काफ्लेले गरेका थिए ।

IMG_20190721_221448

आजको कार्यक्रममा कक्षा १२ बिज्ञान विषयमा अध्यनरत बिद्यार्थी सिर्जना आचार्यले सिबि सगरमाथामा आफुले आध्यन गर्दै गरेको अनुभव ब्याक्त गरेको थिइन । त्यसैगरी १२ कक्षा होटल म्यानेजमेन्टमा अध्यनरत विद्यार्थी एलेक्स कार्कीले राम्रो गित प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक हरेराम भट्टराईले कविता बाचन गरेका थिए भने सहभागी बिद्यार्थी संग विषयगत शिक्षकहरुको परिचयात्मक कार्यक्रम गराइएको थियो। बिद्यार्थीहरुलाइ शिक्षक खगेन्द्र घिमिरेले कलेजको नियमको बारेमा बताएका थिए ।

IMG_20190721_221401 IMG_20190721_221344

IMG_20190721_222817 1कलेज संचालक समितिका उपाध्यक्ष ललित गहतराजको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा इम्पेरियल ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट ईन्स्टिच्युट का प्रमुख बद्री अर्याल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । कलेजका प्राचार्य सागर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम संचालन शिक्षक खेमराज बास्तोलाले गरेका थिए ।

यसै शैक्षिक सत्रदेखि जापानीज भाषा,संगीत तथा नृत्यको पनि पठन पाठन हुने र कक्षा साउन ७ गतेदेखि नियमित कक्षा संचालन गरिने शिक्षक अनिल खड्काले जानकारी दिए ।